वैशाख पहिलो साता पाल्पाको चिदियामा भलिबल प्रतियोगिता
पाल्पा | चैत २०, २०८०
पाल्पा: पाल्पाको निस्दी गाउँपालिका –६ चिदियामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित टोलस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
युएफसी युवा क्लबको आयोजनामा नवनिर्मित खेल मैदानको उद्घाटनको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरिएको खेल संयोजक यम बयम्बुमगरले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगिता आगामी वैशाख ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ ।
सो प्रतियोगिताको विजेताले नगद रु ३३ हजार ३ सय ३३ रुपैयाको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै द्वित्तिय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने टिमले क्रमश, २२ हजार २ सय २२, ११ हजार १ सय ११ र ६ हजार ६ सय ६६ रुपैयाँ हात पार्नेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर र लिब्रोलाईपनि जनही १ हजारद्वारा पुरस्कृत गरिनेछ ।

प्रतियोगिता नवनिर्मित मैदानको समुद्घाटन तथा नयाँ वर्षको आयोजना गरिएको क्लबका अध्यक्ष नुनेन्द्र बयम्बु मगरले बताए । उनले विशेषगरी टोलस्तरीय प्रतियोगिता आयोजना गर्दा आपसी सम्बन्ध सुमधुर हुने बताउदै सामाजिक सद्भाव बढ्ने धारणा राखे ।
सो प्रतियोगितामा सहभागि जनाउनका लागि २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

